स्याङ्जा २५ पुस ।
कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा अर्यालले प्रचण्ड अझैपनि अध्यक्ष रहेको र प्रधानमन्त्रीले कसैलाइ पार्टिबाट ननिकालेको बताएकी छ्न ।
शनिबार वालिङमा ओली समुहको नगर अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन्
‘पार्टीको एक नं. अध्यक्ष र महासचिव भएको पार्टी आधिकारिक नभएर बबहर महलको कार्की ब्याङकेटमा गरिएको भेला गरेर पार्टी आधिकारिक हुन्छ त । तथ्य, प्रमाण र घटना क्रमले आधिकारिक पार्टीको टुङगो लागिसकेको छ ।’
प्रचण्ड र नेपालको सम्बन्ध आउने महाधिवेसन सम्मका लागी मात्रै भएको भन्दै प्रचण्डबाट हैरान भएर विद्रोही रुपमा प्रस्तुत भएको उनले बताइन ।
अध्यक्ष ओलीले कसैलाई पनि निस्कासन नगरेको भन्दै अध्यक्ष प्रचण्ड आउनुहुन्छ भने स्वागत सहित अगाडि बढ्ने मन्त्री अर्यालले बताइन ।
मन्त्री अर्यालले भनिन,
‘प्रचण्ड अझै पनि अध्यक्ष हो । अध्यक्ष ओलीले कसैलाई निकाल्नुभएको छैन् । मर्यादित ढंगले हामी अगाडि बढ्नुपर्छ ।’
पार्टीलाई सशक्त र बलियो बनाएर अगाडि बढ्नुपर्ने भन्दै आरोपप्रत्यारोप भन्दा मर्यादित र सशक्त ढंगले अगाडि बढ्दै संसदीय चुनाव, प्रदेश स्थानीय सबै ठाउँमा चुनाव जित्नुपर्ने मन्त्री अर्याल ले बताइन ।
विकासका सन्र्दभमा बोल्दै मन्त्री अर्यालले सरकारका राम्रा कामहरुको प्रचारप्रसार गर्न कार्यकर्ताहरुलाई आग्रह गर्दै अवको विकास समृद्धिमा मात्रै रहेको बताएकी छ्न ।
स्याङ्जाले कृषि मन्त्रालय पाएको भन्दै कृषि क्रान्ती गरी समृद्धिका लागी प्रतिवद्ध रहेको अर्यालले बताइन । सुन्तला जोन कार्यक्रम रहेको स्याङ्जामा कागती जोन जस्ता अन्य कार्यक्रम गरी कृषि हबको रुपमा स्याङ्जालाई विकास गर्न आवश्यक रहेको मन्त्री अर्याल बताइन ।