काठमाडौं । नेपाल कम्यु निष्ट पार्टी नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुअघि आफूलाई जानकारी नदिएको बताएका छन्। बिहीबार राष्ट्रिय सभामा संबोधन गर्दै उनले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुअघि आफूलाई जानकारी नदिएको उल्लेख गरेका हुन् ।
आफ्नो विरुद्धमा अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा पाएको अवस्थामा यदी आफू प्रधानमन्त्री भएको भए राजीनामा गर्ने बताए । उनले भने–‘अविस्वासको प्रस्ताव लगेको थाहा पाएको भए, म भए राजीनामा दिन्थे, पार्टीको यो आन्दोलन अगाडि बढाउन आगामी दिनमा यो शिक्षाको विषय हुन्थ्यो ।’
‘
म प्रधानमन्त्रीको कटु आलोचक हुँ। उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै विवाद उत्पन्न गराएका हुन्। उहाँ ४३ वर्षदेखि सहयोद्धा र मित्र हो। उहाँलाई धेरै पटक कार्यशैली सुधार गर्न सुझाव राखेको छु,’ उनले भने, ‘एमालेभित्र संगठन निर्माण गर्ने भित्र म पर्छु होला। कठिन परिस्थितिमा एक ठाउँमा छौं। तर प्रतिनिधि सभा भंग गर्दा उहाँले सोध्नुभएन, मलाई थाहा थिएन।’
उनले प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीबाट पराजित गर्ने काम होला भन्ने आफूले नसोचेको पनि बताए।