हिमदुत १० पुष,स्याङ्जा –
नेपाली काङ्ग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ ।
त्यस्तै स्याङ्जामा पनि काङ्ग्रेसले पुस १३ गते संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमका विरुद्ध क्षेत्र न १ को सदरमुकाम पुतलीबजार र क्षेत्र न २ को वालिङमा विरोध प्रदर्शन गर्ने भएको छ ।
नेपाली काङ्ग्रेस स्याङ्जाले जिल्लाका दुबै क्षेत्रका सदरमुकाममा बिरोध प्रर्दशन गर्ने गरि कार्यतालिका तयार गरिएको स्याङ्जा काङ्ग्रेसका प्रवक्ता इन्द्र गोदारले जानकारी दिए ।
गोदारले भनेका छन्, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको विरोधमा पुस १३ गते स्याङ्जाका दुबै क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।’’