काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् ।
स्थायी कमिटीको बैठकअघि बालुवाटारमा प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि ओली अध्यादेश फिर्ता लिन तयार भएको एक उच्च स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति पछि संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको स्रोतले बताएको छ ।
यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा ओलीसमेत सहभागी बनेका छन् ।