नेकपा सचिवालय बैठक आज बस्दैछ। आज बस्ने बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनितिक प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।
कात्तिक २८ गते बसेको सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । आज बस्ने सचिवालय बैठकमा सोही प्रतिवेदनको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
यसअघि मंसिर ३ गते बसेको बैठक १० दिनका लागि स्थगित भएको थियो ।