बिरुवा गाउपालिकाले दशैलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएको छ। चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशै आउन करिब ५ दिन अघिबाटै गाउपालिकाले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो।
बिरुवा गाउँपालिकामा बजार अनुगमन बिरुवा गाउँपालिका द्वारा गाउँपालिका वडा न १ मा रहेको बिरुवा बजार मा बजार अनुगमन गरिएको छ । उपाध्यक्ष देवी कुमारी थापाको नेतृत्व मा प्रमुख प्रमुख प्रशासकीय अधिकृत समेत रहेको टोलीले सम्पूर्ण बजार क्षत्र को अनुगमन गरेको हो । अनुगमन मा बिरुवा प्रहरी चौकीले समेत समन्वय गरेको थियो । दशैं तिहार जस्ता चाडबाडको मुखमा म्याद गुज्रेका तथा गुणस्तर हिन सामाग्री हरु बिक्री हुन सक्ने देखेर अनुगमन गरिएको उपाध्यक्ष थापा ले बताउनु भयो । उहाले बजार अनुगमन को कार्य निरन्तर जारी रहने पनि बताउनु भयो । अनुगमन को क्रममा मुख्य गरी पेय पदार्थ , तयारी खाद्य पदार्थ , औषधि तथा म्याद गुज्रेका बीउबिजन हरु जफत गरिएको थियो । यसै गरी मासु पसल हरूको समेत अनुगमन गरी सडेको तथा बासी मासु पनि जफत गरिएको थियो ।
गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदी ले कालो बजारी नियन्त्रण तथा खाध्य गुणस्तर कायम गर्ने हेतुले बजार अनुगमन गरिएको बताउनु भयो । उहाले बजार क्षत्र बाट झण्डै ३० लिटर घरेलु मदिरा समेत जफत गरिएको बताउनु भयो । जफत गरिएका सामाग्री हरु नेपाल प्रहरी तथा व्यवसायी हरूको रोहोबार बिरुवा गाउँपालिका आफ्नै फोहर संकलन केन्द्र मा लगेर नष्ट गरिएको थियो ।