Himdut.com
वीपी कोइराला अध्ययन युवा समुह ‘BP Koirala study youth circle’ गठन गर्न लागिएको छ । जननायक वीपी कोइरालाको जिवन सघर्ष, उनको बिचार, साहित्य, दर्शन र उनका बिभिन्न पुस्तकहरुको अध्ययन, बिचार र बिमर्स को लागि देशैभरका ७७ जिल्ला र बिश्वका बिभिन्न देशमा वीपी कोइराला अध्ययन युवा समुह गठन गर्न लागिएको हो ।
यो अभियान केन्द्र देखि गाँउ गाँउ सम्म पुग्ने नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।
नेता शाहीका अनुसार वीपी कोइरालाको जिवन, बिचार र साहित्य अध्ययन गर्ने, उनको बिचार आम जनता र युवाको बीच सम्म पुर्याउनु पर्नेछ । यसको लागि हरेक ठाँउबाट प्रतिनिधि आवश्यक रहेको पनि नेता शाहीले जानकारी दिए । यसरी गठन हुने समुह मार्फत वीपीको विचारलाई हरेक घर घरसम्म पुग्ने बताइएको छ ।