स्याङ्ज २५ भदौ ।
१०७ औं विपि जयन्तीको अवसर पारेर स्याङ्जा काठमाण्डौ सम्पर्क समितीका अध्यक्ष दिपेन्द्र क्षेत्रीको नेतृत्वमा वालिङमा प्रहरी र पत्रकारलाई मास्क वितरण गरिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतीमा रहेर काम गर्दा सम्भावित जोखिमलाई मध्येनजर गर्दै वालिङ नगरपालिका भित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई ३ सय थान केएन ९५ माक्स तथा सेनीटाईजर वितरण गरिएको थियो ।
वुधवार वालिङमा रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, नेपाल तरुण दलका नगर सभापती आशिष प्रताप खाँण, प्रेस युनियनका अध्यक्ष लगायतका टोलिले वडा प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय, वालिङ टेलिभिजन, रेडियो आँधीखोला गणेशमान स्मृति विद्यालय, वालिङ र रामवाच्छा प्रहरी विट, ट्राफिक प्रहरी लगायतका स्थानमा पुगेर माक्स तथा सेनीटाईजर वितरण गरिएको थियो ।