स्याङ्जा, २२ साउन ।
राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाका नेताहरु काँग्रेस प्रबेश गरेका छन् । युवा संघ नेपाल जिल्ला समिति सदस्य विक्रम पोख्रेल सहितका यूवा नेताहरु काँग्रेस प्रबेश गरेका हुन् ।
नेपालीकाँग्रेस स्याङ्जाले पुतलीबजार नगरपालिका वडा नं. ४ गौतमडाँडामा गरेको कार्यक्रम युवा संघका नेताहरु काँग्रेस प्रबेश गरेका हुन् । प्रबेश गरेका युवाहरुलाई काँग्रेस स्याङ्जाका कार्यबहाक अध्यक्ष कुमार राना, संविधानसभा सदस्य राजु थापा र नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरतप्रसाद लम्सालले सदस्यता प्रदान गरेका थिए ।
जिल्ला सदस्य पोख्रेल सहित शिव थापा, घनश्याम गौतम, संघका स्याङ्जा क्षेत्र नं. १ का सचिवालय सदस्य किरण चापागाँई, प्रमोद सुबेदी, भिमप्रकाश सुबेदी, किरण चापागाँई, शसान्त वि.क., ईम्रन हुसेन, विक्रम गिरी, सिजन जि.टी., दिपेन गुरुङ् र शुसान्त श्रेष्ठ सहित का युवा काँग्रेस प्रबेश गरेको काँग्रेसका क्रियाशिल सदस्य स्थानीय धु्रबबन्धु पोख्रेलले जानकारी दिए ।
पार्टी प्रबेश कार्यक्रममा बोल्दै काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति कुमार रानाले सत्ता संचालनमा दुई तिहाईको सरकार अन्धो भएको बताए । कम्युनिष्टका नाममा नेपालका कम्युनिष्टहरु भ्रष्टाचारमा लिप्त बनेको रानाको आरोप थियो ।
संविधानसभाका सदस्य राजु थापाले कार्यक्रममा बोल्दै संघीय, प्रदेश र स्थानीयतहमा भ्रष्टाचार मौलाएकाले युवाहरु त्यस बिरुद्ध लाग्न आग्रह गरे । उनले कोरोनाले आम नागरिक आक्रान्त भएको बेला सरकार कहाँबाट कमिशन आउँछ भन्ने सोचमा लागेको आरोप लगाएका थिए ।
एकीकरणको वहानामा सत्ता कव्जा गरेको नेकपामा अहिले भाडभैलो मच्चिनु र भ्रष्टाचारले सिमा नाघ्दै जान थालेपछि अहिले नेकपावाट वितृष्णा जागेर विभिन्न जिल्लामा काँग्रेस प्रवेशको लहर चलेको वताए । आगामी निर्वाचनवाट नेपाली काँग्रेसले बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गर्दै नेता थापाले नेपाली जनताको विकास र समृद्धि काँग्रेस नेतृत्ववाट मात्र सम्भव छ भन्ने इतिहासले प्रमाणित गरेको समेत बताए ।
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरतप्रसाद लम्सालले सरकारले जन अपेक्षा काम गर्न नसक्दा विगतका आन्दोलन र युद्धपछि प्राप्त गणतन्त्र कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले गणतन्त्रको मसिया बनेका कम्युनिष्ट जनताको सेवामा तल्लिन हुनुपर्ने समयमा आन्तरिक झगडामा रुमलिएको बताए ।
पुतलीबजार नगरपालिका वडा नं. ४ नेपाली काँग्रेसका वडा सभापति थापाको अध्यक्षता मा भएको कार्यक्रमको संचालन जिल्ला सदस्य पृथ्वीप्रसाद पोख्रेलले गरेका थिए भने स्वागत वडा कार्य समिति सचिव सुरेन्द्र के.सी.ले गरेका थिए भने धन्यवाद ज्ञापन नेविसंघ जिल्ला सभापति अजित क्षेत्रीले गरेका थिए ।
माओवादी भन्दा एमाले भ्रष्ट
नेपाली काँग्रेस प्रबेश गरेका युवा संघ जिल्ला सदस्य विक्रम पोख्रेलले गरिब, उत्पीडनमा परेका नागरिकको सेवा गर्छु भन्ने नेपालका कम्युनिष्ट भ्रष्ट भएको बताए । उनले नेकपामा पूर्व माओवादीको तुलनामा पूर्व एमाले भ्रष्ट भएको दाबी गरे ।
“नेपालका कम्युनिष्टहरु जनतालाई भ्रममा राख्न माहिर रहेछन् ।” नेता पोख्रेलले भने, “मैले १५/२० वर्ष कम्युनिष्टमा लागेर बिताए अहिले पछुतो लागेको छ ।” उनले भने, “जनतालाई गुमराहमा राखेर कम्युनिष्ट आफुहरु कमाउने र रमाउने धन्दा चालएका छन् ।
३३ किलो सुन, निर्मला हत्याकाण्ड, ललिता निवासको जग्गा, ओम्नी काण्ड, सेनालाई भ्रष्टाचारमा मुस्नु, र आलिशान महल र करोडौको गाडीमा हिडनु तथा हरेक निकायमा कमिशन लिनु, बलात्कार हत्या गर्नु कम्युनिष्टको विशेषता भएको पोख्रेलले बताए ।