वालिङ नगरपालिकाको पिसजोन क्वारेन्टीनवाट विदाई संगैको उत्साह
स्याङ्जा, असार २९
स्याङ्जामा कोरोना संक्रमण मुक्त अर्थात कोरोना जितेर घर जानेको संख्या हाल आइसोलेशनमा रहेका संख्याको दोव्वर भन्दा वढी पुगेको छ । स्वास्थ्य कार्यालय स्याङ्जाको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा कोरोनाबाट संक्रमित १ सय ९२ जना मध्ये १ सय ३१ जना कोरोनालाई जितेर घर फर्किएका छन् । भने ६१ जना जिल्लाका विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
कोरोना जितेर घर फर्किनेमा कालिका सामुदायिक अस्पताल भीरकोटको आईसोलेसनबाट ६९ जना, गल्याङ् सामुदायिक अस्पतालबाट ३६ जना,वालिङ कुवँर समाज घरबाट १५ जना, जिल्ला अस्पतालबाट ७ जना र जिल्ला बाहिरको आईसोलेसनमा४ जना रहेका छन् ।
कालिका सामुदायिक अस्पतालको आइसोलेसनवाट कोरोना संक्रमण मुक्त भएकाहरु विदाईको क्रममा
संक्रमित मध्ये कालिका सामुदायिक अस्पताल भीरकोटमा २५ जना, गल्याङ् सामुदायिक अस्पतालमा १४ जना, कुवँर समाज घर वालिङमा १४ जना, चापाकोट नगरपालिकामा ३ जना, पुलतीबजारको करेन्डाँडामा १ जना र जिल्ला बाहिरको आईसोलेसनमा २ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।
कोरोनाबाट संक्रमित मध्ये स्याङ्जामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका ३ का ५८ वर्षिय १ पुरुष र आँधीखोला गाउँपालिका १ पञ्चमूलका ५५ वर्षिय १ पुरुष गरी २ जना रहेका छन् ।उनीहरुको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरि विभिन्न देशबाट आएका १ हजार ८ सय ४३ सहित जिल्लामा २ हजार ७ सय ३७ जना कोरेन्टीनमा बसेका थिए । कोरेन्टीनमा बसेका मध्ये पिसिआर परिक्षणमा नेगेटिभ नजिता आएपछि २ हजार ५ सय २५ जना घर फर्किएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । कोरेन्टीनमा बसेका २ सय १२ जनाको परिक्षण रिर्पाटे आउन बाँकी रहेको छ ।