‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा वालिङ नगरपालिका ८ बीपी चोक निवासी नारायणप्रसाद शर्मा पंगेनीबाट सहयोग स्वरुप पचास हजार नगर प्रमुख दिलिप प्रताप खाँणलाई हस्तान्तरण गरिदै ।
वालिङ, २१ चैत ।
कोरोना संक्रमण जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले गरेको लक डाउनवाट प्रभावित परिवारका लागि र संक्रमणका कारण सम्भावित जोखिमका लागि स्थापित वालिङ कोभिड १९ राहत कोषमा शुक्रवारसम्म साढे एघार लाख संकलन भएको छ । राहत कोष वालिङ नगरपालिकाले स्थापना गरेको हो ।
‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा जिल्ला सहकारी संघ स्याङ्जाको पहलमा वालिङ नगरपालिका स्थित ५४ वटा सहकारीबाट सहयोग स्वरुप एकमुष्ठ ३,४९,९१९ रुपैंया नगर प्रमुख दिलिप प्रताप खाँण मार्फत हस्तान्तरण गरिदै ।
वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा सरकारले गरेको लकडाउनवाट प्रभावित अति विपन्न परिवार, दैनिक ज्यालादारी, र सडक जीवन विताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषका शुक्रबार साँझसम्म नगद तथा खाद्यान्न गरी ११ लाख ५० हजार ८ सय ११ संकलन भएको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । नगद १० लाख ७६ हजार ८ सय ११ तथा ७४ हजार बराबरको खाद्यान्न संकलन भएको नगर प्रमुख खाँणले जानकारी दिए ।
वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा बैंक तथा कार्यालयमा उपस्थित भएर नगद सहयोग गर्नेहरुमा शुक्रबारमात्रै वालिङस्थित ५४ वटा सहकारी संस्थाहरुबाट ३ लाख ४९ हजार ९ सय १९, वालिङस्थित संस्थागत विद्यालयका प्रिन्सीपलहरुबाट १ लाख, वालिङ ८ वीपी चोक निवासी नारायणप्रसाद शर्मा पंगेनीबाट ५० हजार, तमु सेवा समाज समिति वालिङबाट २० हजार ५ सय ५५, नेपाल मगर संघ वालिङबाट २० हजार, भूपू सैनिक बोर्डिङ स्कूल वालिङबाट २० हजार, सक्षम महिला विकास समिति वालिङबाट २० हजार १ सय १५, वालिङ ८ निवासी हिमबहादुर विश्वकर्माबाट १० हजार एकसय, तरकारी तथा फलफूल ब्यवसायी बुधमान गुरुङबाट ५ हजार ५ सय सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा वालिङस्थित संस्थागत विद्यालयका प्रिन्सीपलहरुबाट सहयोग स्वरुप एक लाख रुपैया नगर प्रमुख दिलिप प्रताप खाँण मार्फत हस्तान्तरण गरिदै ।
संघ संस्था तथा ब्यक्तिले आँफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने संभावना हुने र कसैले पाउँदै नपाउने संभावना हुने भएकाले जोकोहीले पनि राहत वितरण गर्ने ईच्छा भएमा नगरपालिकामार्फत वितरण गर्न पाउने ब्यवस्था मिलाईएको नगर प्रमुख खाँणले जानकारी दिए ।
‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा वालिङ युथ क्लबले १५ हजार नगर उपप्रमुख कल्पना तिवारी मार्फत राहत कोषमा हस्तान्तरण गरिदै ।
‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा वालिङस्थित भूपू सैनिक आवासिय बोर्डिङ स्कूल वालिङबाट सहयोगस्वरुप बिस हजार रुपैया नगर प्रमुख दिलिप प्रताप खाँण मार्फत हस्तान्तरण गरिदै ।
वालिङ तमु समाज सेवा समिति ले कोभिड १९ राहत कोषको लागी बिस हजार पाँच सय ५५ रुपैया नगर प्रमुख दिलिप प्रताप खाँण मार्फत हस्तान्तरण गरिदै ।
‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा नेपाल मगर संघ वालिङबाट सहयोग स्वरुप बिस हजार नगर प्रमुख दिलिप प्रताप खाँणलाई हस्तान्तरण गरिदै ।
‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा वालिङ ९ भुम्रे निवासी तरकारी तथा फलफूल ब्यावसायी बुधमान गुरुङबाट सहयोग स्वरुप ५,५००।– नगर प्रमुख दिलिप प्रताप खाँणलाई हस्तान्तरण गरिदै ।
‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा वालिङ बजार निवासी सुनचाँदी ब्यवसायी हिमबहादुर बिकबाट सहयोग स्वरुप दश हजार एक सय नगर प्रमुख दिलिप प्रताप खाँणलाई हस्तान्तरण गरिदै ।।