मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो, भन्ने आस्थाका र विश्वास वोकेका वालिङ जेसीजका पूर्व अध्यक्ष समेत रहेका अधिकारीले यस पटक चैत्र १९ गते आफ्नो जन्मदिन परेकोले यसवर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणवाट जोगाउन नेपाल सरकारले गरेको लकडाउनवाट प्रभावित परिवारका लागि सहयोग गर्न भन्दै भीरकोटमा रहेको भीरकोट जेसीज मार्फत खाद्यान्न सहयोग गरेका छन् ।
अधिकारीले भीरकोट जेसीजलाई १६ हजार ५ सय वरावरको खाद्यान्न सहयोग गरेका छन् भने वालिङ जेसीजले संकलन गरेको राहतका लागि रु ३ हजार नगद सहयोग गरेका छन् ।
उनले अहिले विश्व संक्रमणको संकटमा छटपटाइरहेको छ, मानव भएर मानवताको सेवा गर्नु हाम्रो कतव्य हो भन्दै, जन्मदिनमा फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा मानवताको सेवाका लागि आफूले दिएको सानो सहयोगले कसैको भोकाइरहेको पेट केही दिनका लागि भरिन्छ भन्ने हेतुले सहयोग गरेको वताएका छन् ।
अधिकारीले गत वर्ष पनि बारा पर्साका हावाहुरी पीडितका लागि वालिङ जेसीज मार्फत जन्मदिनको अवसरमा सहयोग गरेका थिए ।