स्याङ्जा, ९ चैत्र ।
कोरोना (कोभिड -१९ ) भाईरसको संक्रमणले विश्वमा माहामारीको रूप लिईरहेको अवस्थामा नेपाल सरकारले उच्च सतर्कता अपनाउदै आजवाट अत्यावश्यक सेवा वाहेकका सवै निजि तथा सार्वजानिक सेवा बन्द गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल लगायतका देशहरू पनि उच्च जोखिममा रहेको वताएपछि सरकारले उच्च सतर्कता अपनाएको हो ।
सवै जिल्लाका जिल्ला तथा स्थानीय तहमा विपत व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेका वेला जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अत्यावश्यक बाहेकका सेवा ( खाद्य किराना,औसधि , पेट्रोल पम्प, तरकारी पसल, होटल ) बाहेक सबै पसल बन्द गर्न हुन हार्दिक अनुरोध गरेको छ ।
भर्खर स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरूम्वाङले आफ्नो फेसवुकमा पोष्ट गर्दै कोरोना भाईरसको उच्च जोखिम प्रति सावधानी अपनाउन उक्त सार्वजानिक अनुरोध गरिएको हो ।