स्याङ्जा, ७ चैत – सिद्धार्थ राजमार्गसँग जोडिएका स्थानीय तहहरूको विकासका लागि सिद्धार्थ आर्थिक कोरिडोरको अबधारणा अगाडि सारिएको छ । गत मंसिरमा तानसेन नगरपालिकाको पहलमा सिद्धार्थ राजमार्गसँग जोडिएका दुई प्रदेशका स्थानीय तहहरूको छलफल पश्चात यसको निरन्तरता दिन वालिङ नगरपालिकाले अग्रसरता देखाएको छ ।
पालिकाहरु सिद्धार्थ राजमार्गको स्तरउन्नतीका साथै यस राजमार्गलाई आर्थिक करिडोरका रुपमा विकास गर्ने भन्दै यस राजमार्गमा पर्ने १५ वटा पालिका एक जुट भएका छन् । गण्डकी प्रदेश र पाँच नम्बर प्रदेश संगै भारतिय सिमा सुनौली संग जोडिएको सिद्धार्थ राजमार्गको स्तर उन्नती नभए सम्म यस क्षेत्रको आर्थिक एवं भौतिक विकास नहुने भन्दै राजमार्ग संगै रहेका पालिकाले १२ बुदे निर्णय गर्दै सबै पालिका एक भएर लाग्ने आज वालिङमा आयोजित पत्रकार सम्मेलनमा जानकारि गराइएको छ ।
वालिङमा अयोजित पत्रकार सम्मेलनमा वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले सिद्धार्थ राजमार्गको स्तर वृद्धिको लागि यस राजमार्गले छोएका पालिकाका साथै प्रदेश सरकार र केन्द्र सरकार संग समन्वय गरेर अगाडी बढ्ने बताएका छन् ।
कार्यक्रममा तान्सेन नगरपालिकाका नगरप्रमुख एवं मेयर सञ्जालका अध्यक्ष अशोक कुमार साहीले राजमार्गको विस्तार गरि यसलाई स्थानीय उत्पादन र रोजगारि संग जोड्ने योजनाका साथ आफूहरु लागेको बताउदै अहिलेकै अवस्थामा यो राजमार्गले धान्न नसक्ने हुदा आफुहरु एक भएर विस्तारको अभियानमा लागेको बताए ।
नगरप्रमुख साहीले सडक विस्तारका क्रममा स्थानीयको साथ र सहयोग लिएर नै आफुहरु अगाडी बढ्ने बताउदै मापदण्ड विपरितका संरचना हटाउनुको विकल्प नभएकोले यसलाई जसरि पनि हटाउनु पर्नेमा जोड दिदै सडक चौडा गर्ने क्रममा घरबार विहिन बनाउने गरि आफुहरु नलाग्ने केन्द्र र प्रदेश सरकार संग समन्वय गरेर अन्यत्र व्यवस्था गर्ने गरि काम गर्ने योजनामा आफुहरु रहेको जानकारि दिए । उनले भने ‘लाग्ने अन्यत्र बसोबास गर्ने संरचना भएकाहरुले आफुले नै जानेर ठाउँ खालि गर्नु पर्छ ।’
स्थानीय तहका प्रमुखहरुले राजमार्गको विस्तार मात्रै नभएर अन्य विकास निर्माणका साथै प्रविधिमा समेत सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । सहकार्य र सहमतिमा अगाडी बढदा काम गर्न सहजहुने उनीहरुको भनाइ रहेको छ ।