भवानी अधिकारी
स्याङजा, १० फागुन ।
गण्डकी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत हुँनीकोट भ्यू पोइन्टलाई फलामे कुर्चि र जनचेतना मूलक होडिङ बोर्ड उपलब्ध गराएको छ ।
पुतलीबजार नगरपालिका २ स्थित पर्यटकीय गाउँ हुनिकोटमा पुगेर वैंकका प्रमुख कार्यकारी अधिकृत रमेश बहादुर थापाले होमस्टे संचालक जमानसिंह गुरुङलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् । चार जना बस्ने क्षमता भएको दुईवटा फलामे कुर्चि प्रदान गरिएको हो । साथै, फोहोर मैला नगरौं भनेर लेखिएको होर्डिङ बोर्ड दिइएको छ ।
सामाग्री हस्तान्तरण गर्दे प्रमुख थापाले भ्यू पोइन्टले सबैको मन जित्न सफल भएको बताउदै यहाँ राखिएको कुर्चिमा बसेर टाढाटाढाको दृश्यावलोकन गर्ने सहज पुग्ने बताए । उनले आगामी दिनमा समेत यस्ता समाजसेवाका कार्यलाई निरन्तरता दिईने बताए ।
कार्यक्रममा संचालक जमानसिंह गुरुङ, कर्जा प्रमुख लक्ष्मीप्रसाद नेपाल, डोलराज सापकोटा लगायतले बैंकका गतिबिधीका बारेमा जानकारी गराएका थिए ।
बैंकका प्रवन्धक प्रविन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कर्जा संचालन प्रमुख सन्तोष पोखरेलले गरेका थिए । साथै, बैंकले बैंकिङ कार्यसंगै संस्थागत र सामाजिक कार्यहरु गर्दे आएको जानकारी गराउदै केही समयपछि गण्डकी विकास बैंक र मेघा बैंकबीच मर्ज भई सेवा विस्तार एवं निरन्तरता दिईने जानकारी गराउनुभयो ।