गल्याङ, ८ फागुन ।
गल्याङ नगरपालिकाको मुख्य बजारमा रहेका मासु पसलहरुलाई व्यवस्थित गराउन यतिवेला नगरपालिका र व्यवसायीहरु विच छलफल सुरु भएको छ ।
स्वस्थ्यकर मासु बिक्रि वितरणका लागि बनिएका मापदण्डहरु कडाईका साथ पालना नहुँदा गुणस्तरमा कुनै शुद्धिकरण नभएको उपभोक्ताहरुको गुनासो आइरहेको बेला गल्याङ नगरपालिकाले व्यवसायीहरु विच अन्तरक्रियावाट समाधानका उपायहरु खोजि गर्न पहल गरेको हो ।
कार्यक्रममा गल्याङ नगरपालिका वाड नं ३ का वडा अध्यक्ष महेश भट्टराईले गल्याङ बजारमा व्यवस्थित बधशाला नहुँदा स्वस्थ्य र स्वच्छ मासु विक्रि वितरण गर्न नसकिएको अवस्थामा व्यवसायीहरुले राम्रो मासु पाइन्छ भन्ने सन्देश दिने गरी व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
उनले मानव स्वास्थ्य अत्यान्त संवेदनशिल भएका कारण अस्वस्थ्य मासुका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्ने भएका कारण व्यवसायी र उपभोक्ता सचेत हुनुपर्ने बताएका थिए ।
अध्यक्ष भट्टराईले अनुदानमा भर परेर व्यवसायी गर्नुभन्दा पनि आत्मनिर्भर र उद्दमशिलता विकास गर्नका लागि इमान्दार र परिश्रमी हुनुपर्ने बताए । उनले नगरपालिकामा उपलव्ध स्रोत र साधनको उच्चतम प्रयोगवाट उपभोक्तालाई स्वच्छ र स्वस्थ्य मासु उपलव्ध गराउन व्यवसायीहरु जिम्मेवार हुनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा गल्याङ नगरपालिका पशु शाखा प्रमुुुुुुुुुुुुुुुुुुख सुशिल अर्यालले स्वच्छ मासुका लागि आवश्यक पर्ने कुराहरुका बारेमा व्यवसायीहरुलाई जानकारी गराएका थिए । उनले मासु पसल सफा राख्नुपने, फरक फरक पशुुुुुुुका मासुुलाई फरक फरक फ्रिजमा राख्नुुुुुुुुुुुपर्ने लगायतका विषयमा व्यवसायीहरु सचेत हुनुुुुुपर्ने जानकारी दिएका थिए । कार्यक्रममा सहभागी व्यवसायीहरुले अन्य ठाउँबाट मासु आयात गर्दा रोग पनि सँगै भित्रने भएकाले सकेसम्म आफ्नै ठाउँको मासु प्रयोग गर्न सुझाव दिएका थिए ।
मासु पसलहरुमा मासुलाई अनिवार्यरुपमा सिसाले कभर गरेर राख्नु पर्ने, सडकको धुलो र फोहोर वाट मासुमा हानिकारक ब्याक्टेरिया पर्ने र यसले मासुलाई अखाद्य, गुणस्तरहिन बनाउने गर्छ । तसर्थ पसलमा व्यवस्थित तरिकाले सरसफाईमा ध्यान दिएर विक्रि वितरण गर्न सुझाव दिएका थिए ।
छलफलपछि गल्याङ नगरपालिकाका मासु व्यवसायीहरुको तदर्थ समिति पनि गठन गरिएको छ । अशोक रानाभाटको संयोजकत्वमा सात सदस्यीय मासु व्यवसायी तदर्थ समिति गठन भएको छ ।
समितिको सदस्यहरुमा हरि नेपाल, लक्ष्मणप्रसाद भट्टराई, मोहन गाहा, आनन्द कुँवर, विन्दु थापा र विष्णु श्रेष्ठ चयन भएका छन् ।