चापाकोट, ७ फागुन ।
देशैभर ७० औँ प्रजातन्त्र दिवस मनाई रहँदा स्याङ्जाको चापाकोट नगरपालिकाले पनि बुधबार विहान प्रभातफेरी आयोजना गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै चापाकोट नगरपालिका नगरप्रमुख शिव कुमार गिरीले प्रजातन्त्र र लोकतन्त्रलाई दिगो बनाउन सबै एकताबद्ध हुनु पर्ने बताए ।उनले कांग्रेसका नेता जननायक विपी कोइरालालाई स्मरण गर्दै उनको सिद्धान्तलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा चापाकोट नगरपालिकाका उप–प्रमुख बिमला श्रेष्ठ, नेपाली कांग्रे चापाकोटका सभापति लगायतले मनतव्य राखेका थिए ।
कार्यक्रममा नगर प्रमुख शिव कुमार गिरीको अध्यक्षता, सूचना अधिकारी बिन्दु कोइरालाको स्वागत र अधिकृत नारायण ढकालको संचालनमा सम्पन्न भएको हो ।