वालिङ, २५ माघ ।
रेडियो आँधीखोला १०५.४ मेगाहर्जको अध्यक्षमा नेत्रप्रसाद पाण्डे निर्वाचित भएका छन् । शुक्रवारवाट सुरु भएको आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेडसंस्थाको १४औँ साधारण सभा तथा पाचौँ अधिवेसनले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित भएको हो ।
शनिबार सम्पन्न अधिवेसनबाट उपाध्यक्षमा श्यामप्रसाद अर्याल, सचिवमा यमकान्त खनाल, कोषाध्यक्षमा ताराप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन । भने, सदस्यहरुमा युगमाया पंगेनी, अमृतप्रसाद खनाल, श्रीकृष्ण सिग्देल, बालकृष्ण सुवेदी, तोयनारायण रेग्मी, चोलाकान्त अर्याल, सुविन्द्र गुरुङ, शान्ता थापा, ध्रुव पंगेनी रहेका छन् ।
त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा बिमल अर्याल चयन भएका छन् भने सदस्यहरुमा रामप्रसाद लामिछाने र हिमबहादुर विक रहेका छन् ।
नयाँ कार्यसमितिले शनिबार नै रेडियो प्रांगणमा सपथ ग्रहण गरेका छन् । निर्वाचन समितिका संयोजक दामोदर शर्माले नयाँ समितिलाई सपथ ग्रहण गराउदै नवनिर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना दिएका थिए ।
सपथ ग्रहण कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष ध्रुवप्रसाद शर्मा पंगेनीले जिल्लामै पहिलो ध्वनि तरंगको रुपमा स्थापित रेडियोले विभिन्न संघर्षहरु पार गर्दै यहाँसम्म आईपुगेको बताउदै नयाँ कार्यसमितीलाई संस्थाको गरिमा उच्च राखि जिल्लामै उत्कृष्ठ रेडियोको रुपमा स्थापित गराउने अभियानमा लाग्न आग्रह गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले रेडियोलाई समय सापेक्ष अगाडि बढाउन सहकारी संघले समेत सहयोग गर्ने भन्दै संस्थाभित्र प्रवेश गरेपछि पार्टीको हितभन्दा संस्थाको हितलाई ख्याल गर्नुपर्ने बताए ।कार्यक्रममा वालिङ वडा नं। १ का अध्यक्ष एवं नगरप्रवक्ता केदार काफ्लेले सहमति र सहकार्य र एकताका साथ नयाँ कार्यसमितिले पुर्णता पाएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थापक सदस्य सिताराम अधिकारीले कविता वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य झलकनारायण पाण्डेले सन्चालन गरेका थिए।
यसैबीच नवनिर्वाचित अध्यक्ष पाण्डेले भदभार ग्रहण गर्दैै रेडियोको स्तरवृद्धिका लागी नवनिर्वाचित टिम क्रियाशिल रहने बताएका छन् । रेडियोका सेयर सदस्य तथा अग्रजहरुसंग सहकार्य गर्दै आगामी दिनमा रेडियोलाई प्रविधिमैत्रि बनाउने अध्यक्ष पाण्डेले जानकारी दिए । उनले आँफूलाई अध्यक्षमा चयन गर्नका लागी सहयोग गर्नुहुँने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।