सविनचन्द्र डोटेल /चापाकोट, २५ माघ ।
मानवताको सेवा जीवनको सर्वोत्तम कार्य भएको गण्डकी प्रदेशका प्रदेश सांसद भागवत प्रकाश मल्लले वताएका छन् ।
स्याङजाको चापाकोट नगरपालिका वडा नं ८ मा रहेको मणिमुकुन्देश्वर गुरुकुल विद्यालयमा खाधन्न तथा न्यानो कपडा कम्मल वितरण गर्दै सांसद मल्लले गुरुकुलवाट धर्म र संस्कार सिकाइने हुँदा यसको संरक्षणमा लाग्नुपर्ने वताउदै विदयार्थीलाई संस्कारी बनाउने यस्ता शैक्षिक संस्थाहरु देशका लागि आवश्यक रहेको बताएका छन् ।
मानव मिलन सेवा समिति बाट प्राप्त ३५ थान कम्मल तथा सांसद मल्लले १५ बोरा चामल नुन, तेल र मसला हस्तान्तरण गर्दै मल्लले सबैको सहयोग विना गुरुकुल सन्चालन हुन नसक्ने हुँदा सहयोगको हात फैलाउन आग्रह गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राजु भण्डारीले गुरुकुलका लागि सहयोग गर्न पाउदा खुशी लागेको बताए । सो अवसरमा उनले भाषाको जननीको सस्कृत भाषाको संरक्षणमा गुरुकुलीय शिक्षा को भुमिका महत्वपुर्ण रहने भन्दै प्रवासमा रहेपनि आपनो भुमिका लागि नेपालीहरु अग्रसर रहिरहने धारणा राखे ।उनले देशका बेरोजगार नागरिकहरुलाई सरकारले स्वरोजगार बनाउनुको साटो हावा गफ लगाएर युवाहरु देश बाहिर पलायन हुने वातावरण सिर्जना गरिरहेको वताए ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का सभापति देव बहादुर खाणँ (ईश्वर) मानव मिलन सेवा समितिका केन्द्रिय अध्यक्ष नवराज सुवेदी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।मणिमुकुन्देश्वर गुरुकुल विदयालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घवन्धु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता गोकर्ण भटराईको स्वागत तथा सिर्जना वोस्तीले कार्यक्रमको सञ्चालन गरेकी थिइन्।