भवानी अधिकारी
स्याङ्जा,२३ माघ ।
पुतलीबजार नगरपालिका वडा नं. १ का भीन्न क्षमता भएका व्यक्तिहरुलाई लागि पौष्टिक आहार तथा आयआर्जनका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
पुतलीबजार नगरपालिका वडा नं. १ र समुदायमा आधारित पुनस्र्थापना सेवाको संयुक्त आयोजनामा २९ जना भीन्न क्षमता भएका ब्यक्तिलाई पौष्टिक आहार तथा सहयोगी सामाग्री बितरण गरिएको हो । ती मध्ये दुई जनालाई ट्वाईलेट चियर र एक जनालाई ह्वील चियर प्रदान गरिएको हो ।
पौष्टिक आहारा तथा सहयोगी सामाग्री बितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष निर्मलकुमार शेरचनले सामाजिक सेवा अन्र्तगत वडाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने वताए ।
कार्यक्रममा समुदायमा आधारित पुनस्र्थापना सेवा केन्द्रका सामाजिक विकास अधिकृत बिदुर कोइराला, वडा सदस्यहरु शान्तिदेवी गौतम, कुलानन्द लम्साल, अपांग संजालका तिलकबहादुर जलारी, भविलाल विक लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
वडा अध्यक्ष निर्मलकुमार शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य बिष्णुकुमार श्रेष्ठले स्वागत एवं वडा सचिव बिष्णुकुमारी ढकालले संचालन गरेका थिए ।
वडा कार्यालयले पौष्टिक आहारा अन्र्तगत अण्डा, हर्लिक्स र चना उपलब्ध गराएको हो । पुनस्र्थापना सेवाले सहयोगी सामाग्री र आय आर्जनमा सहयोग गरेको हो । अपांगता भएका परिवारका धनकुमारी गुरुङ र बिष्णुमाया लम्साललाई तरकारी खेती र कुखुरा पालनका लागि जनही आठ हजार रुपैंयाका दरले उपलब्ध गराएको छ । भवीलाल विक र तसुआर फकिरलाइ ट्वाइलेट चियर र ह्वील चियर पनि प्रदान गरिएको छ ।