अल्का इन्भेष्टमेन्ट स्याङजाको सहकार्य र काजिमान हरिटिका उच्च माविका पूर्व बिद्यार्थी मञ्चको समन्वयमा विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
पुतलीबजार नगरपालिका ३ स्थित काजीमान हरिटीका माध्यमिक बिद्यालयमा अध्ययनरत ६० जना वालवालिकाले शैक्षिक सामाग्री पाएका छन् ।
‘बालबालिका पढाउ’ कार्यक्रम अन्र्तगत सामुदायिक बिद्यालयमा अध्ययरत जेहेन्दार र विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराउने उदेश्यले शैक्षिक सामाग्री प्रदान गरिएको डिसहोम गण्डकी प्रदेश बिक्री अधिकृत राजाराम पौडेलले जानकारी दिए ।
शिशुदेखि कक्षा ५ सम्मका बिपन्न तथा जेहेन्दार बालबालिकालाई झोला, कपी र कलम प्रदान गरिएको पूर्व बिद्यार्थी मंचका सदस्य अनन्तकुमार श्रेष्ठले बताए ।