नगर प्रमुख गिरीले आर्थिक, सामाजिक रुपान्तरणका लागि सहकारी क्षेत्रले देशभर महत्वपुर्ण भूमिका खेलिरहेको बताए । नागरिक जिवनस्तर सुर्धान, सामाजिक एकता, सुशासन, सम्भ र चेतनशिल समाज निर्माणमा सहकारी क्षेत्रको भूमिका अग्रणी स्थानमा रहेको उनको भनाइ थियो ।
सहकारी बिनाको समाज अब कल्पना गर्न नसकिने भन्दै गिरीले सहकारी क्षेत्रमा देखिएका केही बिकृतिलाई अन्त्य गर्नका निम्ति सहकारीकर्मी सचेत हुनुपर्ने बताए । सहकारी क्षेत्रले आफ्नो उदेश्यमा केन्द्रीत रहेर पारदर्शी रुपमा समृद्ध समाजको अभियानलाई आत्मसाथ गर्दै अघि वढनुपर्ने उनको भनाई थियो।
सहकारीको चौथो अधिवेशनले पुन टिकाराम तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा इश्वरी प्रसाद भण्डारी, सचिवमा नारायण भण्डारी, कोषाध्यक्षमा देवीप्रसाद भण्डारी र लेखा संयोजकमा लिलाधर गैह्रे सर्वसम्मत निर्वाचित भएका छन् ।
सहकारिका अध्यक्ष टिकाराम तिवारीको अध्यक्षता सम्पन्न कार्यक्रममा कृष्णप्रसाद भन्डारीले स्वागत तथा सचिव नारायण भण्डारीले सन्चालन गरेका थिए ।