स्याङ्जा, १५ माघ ।
स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवन । नेपाल स्थित भारतीय राजदुतावासका काउन्सुलर डा. प्रफुल्चन्द्र शर्माले मंगलवार उद्घाटन गरेका छन् ।
भारत सरकारको ४ करोड ४२ लाख र क्याम्पसको ३१ लाख ३९ हजार गरी ५ करोड २७ लाखको लागतमा क्याम्पस भवन निर्माण गरिएको हो । गीता क्रियटिभ कन्स्ट्रक्सनद्धारा निर्मित २ तले भवनमा २४ कोठा, ४ वटा शौचालय सहित कम्प्यूटर र लाइव्रेरी रहेका छन ।