स्याङ्जा, ३ पौष ।
आजकल आफ्नो जन्मदिन निकै भडकिलो रङ्गीचङ्गी र रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा फजुल खर्च गर्ने चलन बढ्दो छ ।
तर कतिपयले भने मन्दिर गएर भगवानको दर्शन गर्नु, अनाथ बालबालिका वा वृद्धवृद्धालाई खाना खुवाउँनु वा अन्य कुनै सामाजिक काम गरेर आफ्नो जन्मदिन मनाउने पनि गरेका छन् । यसरी जन्मदिन मनाउँदा धर्म हुन्छ भन्ने विश्वास एकातर्फ छ भने अर्कोतर्फ जन्मदिनको दिन सामाजिक काम गर्नुलाई आत्मसन्तुष्टिसँग पनि जोडेर हेर्ने गरिन्छ ।
सोहि अवसरमा अफ्नो जन्मदिनको खुसियालिमा नेपाल पत्रकार महासंघ स्याङ्जाका सदस्य तथा संचारकर्मी विनोद रखाली मगरले सामाजिक सेवाभाव अनुरुप आफ्नो जन्मदिनमा तनहुँ जिल्लाको व्यास नगरपालिका वाड नं १० स्थित श्री शिव माध्यमिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरी खुसी बाडेका छन् । रखाली मगरले उक्त विद्यालयका आर्थिक रुपमा विपन्न जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा, स्कुल व्याग र शैक्षिक समाग्री हस्तान्तरण गरेका छन् ।
रखाली मगर कामको शिलशिलामा हाल तनहँमा बसोबास रहेको छ । उनी ३० औं वर्ष प्रवेश गरेको अवसरमा समाजिक सेवाभाव र फजुल खर्चलाई समाजिक सेवामा रुपान्तरण गर्नका लागि उनले आफ्नो जन्मदिन यसरी मनाउने गरेको वताएका छन् । उनले आगामी दिनमा पनि यस्ता खालका सहयोगलाई निरन्तरता दिने वताएका छन् ।
सोही अवसरमा रत्नहरी छाँयादेवि सुवेदी छात्रवृति अक्षयकोषका संरक्षक समाजसेवि तुलसीराम सुवेदीले सामुदायीक विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुको शैक्षिक उन्नयनका लागि उहाँले गरेका कार्यले समाजमा पनि सकारात्मक सन्देश प्रवाह भएको बताएका थिए ।
विद्यालयका प्रधानाध्यापक तिर्थराज परीयार, पूर्व प्रध्यानाध्यापक गोपालबहादुर थापा मगर, नेपाल विद्यार्थी संघका नेता गौरव राज राना मगर, शिक्षिका संजिता दरै लगाएतले संचारकर्मी रखालीले गरेको कार्य निकै उदाहारणीय भएको भन्दै अरुलाई पनि आगमी दिनमा उत्सब र रमाइलोको नाममा फजुल खर्च गर्न छोडी थोरै भए पनि पनि यस्ता मानवीय सेवा र समाज सेवाका काममा खर्च गर्न अनुरोध गरेका छन् ।