पोखरा, २५ मंसिर ।
रिलायन्स फाइनान्सले आफ्नो दशौं बर्ष पुरा गरी एघारौं बर्षमा प्रवेश गरेको अबसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा महानगरपालिका वडा नं ५ स्थित पोखरेली दिदी वहीनी समुहलाई सडक बत्तीको सामाग्री हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका विच पोखरा शाखाका शाखा प्रमुख प्रकाश पौडेलले समहुकी अध्यक्ष शान्ति क्षेत्री बानियालाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा शाखा प्रमुख पौडेलले फाइनान्सद्वारा सञ्चालित कार्यक्रमहरु केवल नाफाका लागि मात्र नभएर लोककल्याणकारी कार्यका लागि पनि फाइनान्सले त्यत्तिकै भूमिका निर्वाह गरेको वताएका छन् ।
निकट भविष्यमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रमहरुलाई अझ बढी महत्वका साथ निरन्तरता दिने बताए ।
रिलायन्स फाइनान्स लि. ले प्रधान कार्यलय सहित ११ वटा शाखा कार्यालयहरु बाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा लगाएताका विभिन्न सुविधाहरु प्रादन गरेको पौडेलले जानकारी दिए ।
उक्त कार्यक्रममा स्थानीय महिला दिदीबहिनी ,दाजुभाइहरु तथा रिलायन्स फाइनान्स लि.पोखरा शाखाका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।