पोखरा, १६ मंसिर ।
प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर २ बाट विद्या भट्टराई विजयी भएकी छिन्। निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरले पराजति गर्दै उनी विजयी भएकी हुन्।
विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दै विजयी भएकी हुन् भने, नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत ल्याएर पराजित भएका हुन्।
यद्यपी, मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । शनिबार९हिजो० राती साढे १० बजेदेखि सुरु भएको मतगणना राजनीतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि साढे एकमा मात्रै सुरु भएको थियो ।
‘सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ। विजयी नानीलाई हृदयले बधाई राम्रो गर्नु।’
नेपाली काँग्रेसका उमेद्वार खेमराज पौडेलले पराजय भएपश्चात गरेको मार्मिक ट्वीट
यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । जितसँगै नेकपाले कास्की–२ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।
विजयी भएसँगै विद्यालाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् । साथै उनले भोट नहालेका जनताको भावनालाई पनि कदर गर्न आग्रह गरे । पौडेलले हार स्वीकार गर्दै मार्मिक ट्वीट पनि गरेका छन् ।
उनले भनेका छन्, ‘सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ। विजयी नानीलाई हृदयले बधाई राम्रो गर्नु।’