स्याङजा, ७ मंसिर ।
श्री सत्य साइ बाबा केन्द्र स्याङजाले बाबाको ९४ औं जन्म जयन्ती शनिवार मनाएको छ ।
हरेक बर्ष मंसिर ७ गतेका दिन पर्ने वावाको जन्म जयन्तीलाई स्याङजा साइ केन्द्रले बिबिध सामाजिक सेवामुलक कार्यक्रम गरी मनाउदै आएको छ ।
सो अवसरमा विहान नगर संकिर्तन सहित साई केन्द्रमा पुगेर साइ बाबा सम्बन्धी भजन, किर्तन, बाबाको महिमा, योगदानका बारेमा प्रचबन भएको थियो । झण्डै ३ सय जना भक्तजनसहितले भजन किर्तन सहित बाबाको नाउमा केक काटेर जन्मजयन्ती मनाईएको अध्यक्ष दयाराम पराजुलीले जानकारी दिए ।
कार्यक्रममा पूर्व अध्यक्षहरु राजकुमारी गुरुङ, रंगनाथ रेग्मी, दयाराम पराजुली, लक्ष्मी श्रेष्ठ, प्रकाश पौडेल लगायतले सत्य साई बावाका बारेमा प्रवचन दिएका थिए ।
यसअघि साइराम केन्द्रले कारागारमा रहेका महिला बन्दीलाई, पुतलीबजार नगरपालिका ३ स्थित वहिरा बिद्यालयका बिद्यार्थी र युवाहरुलाई सहयोग गरेको केन्द्रका पूर्व अध्यक्ष राजकुमारी गुरुङले जानकारी दिइन् ।
यसैबीच, सोही अवसरमा सत्य साई केन्द्रको संचालक समितिको अध्यक्षमा प्रविणजंग अधिकारीलाई चयन गरेको छ ।
यसैगरी, समितिको उपाध्यक्षमा सुनिता श्रेष्ठ, शिक्षा संयोजकमा बिजय पालिखे, बाल विकास संयोजकमा सृजना श्रेष्ठ क्षेत्री, महिला संयोजकमा कल्पना श्रेष्ठ, आध्यामिक संयोजकमा दयाराम पराजुली, युवा संयोजकमा अन्जु श्रेष्ठ, क्षेत्रीय संयोजकमा राजकुमारी गुरुङ रमणी, सल्लाहकारमा रंगनाथ रेग्मी र लिसु अधिकारी निर्विरोध चयन भएका छन् ।