चितवन, ८ भदौ । चितवन बजारको अहिलेको अवस्था तनावग्रस्त बनेको छ । रवि लामिछाने समर्थक र प्रहरीबिचको झडपले तनावग्रस्त बनेको हो ।
झडक नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेको छ । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाइए रिहाईको माग गर्दै प्रदर्शन भैरहेको छ । रविसहित युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका थिए । उनीहरु तीनैजना विरुद्ध आज जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा साउन ३० गते पक्राउ परेका हुन् । पुडासैनी साउन २० गते चितवनको नारायणगढ बसपाकस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
चितवनको भरतपुर अस्ताल रोड तनावग्रष्त बनेको छ । रविका समर्थनमा निस्किएका प्रदर्शनरकारी र प्रहरीलेबीच अहिले झडप भइरहेको छ । प्रहरीले दर्जनबढी अश्रुग्यास प्रयास गरेको छ । झडपमा केही प्रहरी घाइते भएका छन् । रवि रिहाई हुने या कारागार जाने भन्ने निर्णय भोलि अदालतले लिनेछ । रवि पक्राउ परेदेखि रवि समर्थकले रिहाईको माग गर्दै प्रदर्शनमा उत्रेका छन् ।