काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एकीकरण प्रकृया अन्तिम चरणमा आइपुग्दा नेताहरुमा तनाव बढ्न थालेको छ । पार्टीको स्कूल विभागमा भएकोे रडाकोले एकताको सबै काम भताभुङ्ग पार्ने अवस्था निम्तिएको छ ।
सैद्धान्तिक रुपमा देखिएको अविश्वास र मतभेदले पार्टीको आन्तरिक जीवन क्षतविक्षत हुने निश्चित छ । अहिले अर्काको दवावमा बलपूर्वक गर्न लागिएकोे एकीकरणको कुनै सैद्धान्तिक आधार नभएकाले कुनैपनि बेला धरासायी हुन सक्ने अनुमान सहजै गर्न सकिन्छ ।
पूर्व एमाले र माओवादीबीच जवर्जस्ती गराइएको एकीकरण प्रक्रियाले अन्तिम आकारै लिन नसक्दा नेतारुमा मतभेद मात्र हैन मनभेद नै भएको अनुभूति दिलाएको छ । बल्लतल्ल सुरु भएको पार्टी एकीकरण प्रक्रिया एउटा विभागको नेतृत्व कसले गर्ने भन्नेमा अल्झिएपछि पार्टीको भविष्य नै संकटमा परेको बुझ्न सकिन्छ । यसले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रक्तचाप ह्वात्तै बढाइदिएको छ ।
विवाद व्यक्ति भन्दा सिद्धान्तमा बढी केन्द्रित भयो । रुपमा हेर्दा ईश्वर पोखरेल वा नारायणकाजी श्रेष्ठबीच कुरा नमिलेको देखिएपनि सारमा भने पूर्व एमाले र माओवादीको सैद्धान्तिक पक्षमै विभाजन रहेको छ । एकीकरणको प्रारम्भिक चरणमै सुरु भएको यस्तो सैद्धान्तिक विवाद भोलि कुन रुपमा प्रकट होला ? त्यसै अनुमान गर्न सकिन्छ ।
सैद्धान्तिक रुपमा देखिएको अविश्वास र मतभेदले पार्टीको आन्तरिक जीवन क्षतविक्षत हुने निश्चित छ । अहिले अर्काको दवावमा बलपूर्वक गर्न लागिएकोे एकीकरणको कुनै सैद्धान्तिक आधार नभएकाले कुनैपनि बेला धरासायी हुन सक्ने अनुमान सहजै गर्न सकिन्छ ।
शक्तिशाली भनिएका पार्टी अध्यक्षसमेत रहेका ओली नै यो विवादबाट टाढै बस्न खोज्दा समस्याले चरम रुप लिएको पूर्व एमालेकै नेताहरुको आरोप छ । विवाद आउनु पूर्व नै ओलीले प्रचण्डसँग छलफल गरेर प्रस्ताव गरेको भए कुनै समस्या नै थिएन – ती नेताको कथन छ , साथीहरुको मान मर्दन गर्न प्रधानमन्त्री नै इच्छुक देखिनु भयो ।
हुन पनि ओलीको पछिल्लो व्यवहार ईश्वर पोखरेलप्रति त्यति राम्रो देखिएको छैन । केही समय यता उनको रुचि ईश्वरलाई शीरमा चढाउनेभन्दा पूर्व माओवादी कै एउटा धारको समर्थन प्राप्तिमा बढी रमाएको प्रतीत हुन्छ । ओली एउटै तिरले दुई शिकार गर्न चाहन्छन् ।
माओवादीसँग एकीकरण प्रक्रिया थाल्ने वित्तिकै ईश्वरको महासचिव पद धरापमा परेको हो । साथै , ओलीले सरकार गठन गर्दासमेत ईश्वरले मागेको अर्थ वा गुह मन्त्रालय नदिई रक्षामा खुम्च्याइएको थियो । यसबाट पनि ईश्वरको मन कुढिएको छ ।
पूर्व माओवादीको शक्तिशाली समूह रामबहादुर थापा बादलको साथ लिन सक्दा पार्टीमा रणनीतिक विजय प्राप्त हुने ठम्याई ओली पक्षको रहेको छ । पूर्व माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तर्साउनकै लागि पनि ओली बादललाई नजिक राख्न चाहन्छन् । यसका लागि ईश्वरलाई टाढा राख्ने रणनीति अख्तियार गरियो । साथै यसबाट वामदेव गौतम र माधवकुमार नेपालको बोली पनि मत्थर हुने उनको बुझाई रहेको छ ।
माओवादीसँग पार्टी एकीकरण गर्ने अवधारणामा ईश्वर प्रारम्भदेखि नै असन्तुष्ट रहँदै आएका हुन् । त्यसैले ओलीले ईश्वरसँग पछिल्लो समय दूरी कायम राखेर बस्दा पार्टी समीकरणमा दीर्घकालिक फाइदा पुग्ने अनुमान लगाइएको छ । माओवादीसँग एकीकरण प्रक्रिया थाल्ने वित्तिकै ईश्वरको महासचिव पद धरापमा परेको हो । साथै , ओलीले सरकार गठन गर्दासमेत ईश्वरले मागेको अर्थ वा गुह मन्त्रालय नदिई रक्षामा खुम्च्याइएको थियो ।
यसबाट पनि ईश्वरको मन कुढिएको छ । स्कूल विभागमा ईश्वरको नाम विवादित बनाइँदासमेत अध्यक्ष ओली प्रतिक्रियाविहिन बनेपछि उनको धैर्यको बाँध फुटेको छ । आफ्नो नाममा अनावश्यक विवाद खडा गरिएकोमा ईश्वरले आपत्ति जनाएका छन् ।
तर पूर्व एमालकेकै ओली पक्षका कतिपय नेता झलनाथप्रति विश्वस्त हुन सकिरहेका छैनन् । स्व. मदन भण्डारीको लाइन भन्दा फरक मान्छेलाई विभागको नेतृत्व दिंदा समस्या आउन सक्ने उनीहरुको तर्क छ ।
उनले गत विहिबार साँझ ओलीसँग एक्लै भेटेका छन् । भेटमा ईश्वरले हरेक मुद्धा र लडाईमा आफूले ओलीलाई साथ दिएको तर ओलीबाट प्रतिरक्षा नभएको गुनासो गरेको स्रोतको भनाई छ । भेटवार्ताका क्रममा ओलीले आफ्नो रणनीतिक खेल’bout ईश्वरलाई बताएका छन् । साथै यो विषयमा प्रचण्डसँग घनिभूत वार्ता गरी निकास खोज्ने आश्वासन दिएका छन् । सकेसम्म ईश्वरलाई नै स्कूल विभाग प्रमुख बनाउने नभएपनि पूर्व माओवादीलाई चाहिं कुनै पनि हालतमा नदिने वचन ओलीले दिएको स्रोतको दावी छ ।
उता, पूर्व माओवादी पक्ष भने ईश्वरको नाममा कुनैपनि हालतमा सहमति नगर्ने पक्षमा दृढ छ । पूर्व माओवादीप्रति ज्यादै अनुदार देखिएका पोखरेलले एकीकृत पार्टीको भावना बमोजिम स्कूल विभाग नचलाउने त्रास उनीहरुमा रहेको छ । त्यसैले पनि यो विवादले सहजै निकास पाउने सम्भावना कमै छ ।
परिस्थितिको सुक्ष्म विश्लेषण गरिरहेको पूर्व एमालेकै ओली इतर नेताहरु विकल्पमा भूषालद्वय अर्थात घनश्याम र बेदुरामको नाम अघि सारिरहेका छन् । भूषालद्वयको नाम आएपछि ओली समूहमा तनाव बढेको छ । ईश्वरलाई रोक्न ओली बाहेक सबै शीर्ष नेता एकजुट देखिएका छन् । उनीहरु चाहन्छन् – स्कूल विभागमा आफ्नो पक्षले नेतृत्व गरोस् । पूर्व एमालेका चर्चित नेता प्रदीप नेपालले समेत अहिले बेदुराम नै सो पदका लागि उपयुक्त व्यक्तित्व रहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
सबैतिरबाट ईश्वर किनारा लाग्ने अवस्था आएकाले ओली र प्रचण्डले झलनाथ खनालको नाम अघि सारेका हुन् । स्वयं खनाल यसका लागि सकारात्मक छन् । तर ओली पक्षधर भने यसको विकल्पमा जानुपर्ने धारणा राखिरहेका छन् । ओलीले यस विषयमा पूर्व एमाले नेताहरुसँग चरणवद्ध छलफल चलाएपनि ठोस निश्कर्ष भने निकाल्न सकिरहेका छैनन् ।
पूर्व माओवादी भने स्कूल विभागको नेतृत्व नारायणकाजीले पाउनुपर्नेमा एकढिक्का छ । यद्यपि विकल्पमा जानुपर्दा झलनाथमा सहमत हुने संभावना रहेको छ । तर पूर्व एमालकेकै ओली पक्षका कतिपय नेता झलनाथप्रति विश्वस्त हुन सकिरहेका छैनन् । स्व. मदन भण्डारीको लाइन भन्दा फरक मान्छेलाई विभागको नेतृत्व दिंदा समस्या आउन सक्ने उनीहरुको तर्क छ ।
आफू निकटको सल्लाह सुनेका ओलीले यसमा के गर्ने भनेर निक्र्याेल भने निकाल्न सकिरहेका छैनन् । त्यसैले अन्ततः स्कूल विभागको नेतृत्व दुई अध्यक्षले नै गर्ने गरी यसको हल खोज्ने विकल्पमा जाने संभावना धेरै देखिन्छ । अहिले टालटुले नीतिमा गएर पार्टी एकीकरणको सन्देश दिन खोजिए पनि अन्ततः नेकपा भित्रको यो विवाद भुसको आगो जस्तो भएर रहने छ ।
कुनैपनि बेला सतहमा आउने र त्यसले समुचा पार्टी नै खरानी बनाउने संंभावना प्रबल देखिन्छ ।