पुतलीबजार, बैशाख ३१ । पुतलीबजार नगरपालिका १० राङ्खोलाको आयोजनामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख श्री तुलसीराम रेग्मीले विद्यार्थीलाई झोला वितरण गर्दै शिक्षामा पहुँच वृद्धि गर्न यस्ता कार्यक्रमहरू सहयोगी हुने बताए। उनले नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि निरन्तर काम गरिरहेको उल्लेख गरे।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष श्री अग्नि प्रसाद पौडेलले गरेका थिए। उनले वडास्तरीय स्रोत परिचालन गरी आगामी दिनमा शिक्षासम्बन्धी थप सहयोग गरिने प्रतिबद्धता जनाए।
कार्यक्रम सञ्चालन वडा सचिव सञ्चिता देवकोटा ढकालले गरेकी थिइन्।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।