स्याङ्जा २४ असार । वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी सुनौला हजार दिनका आमा भेट्न कोशेली ‘पोषिलो झोला’ सहित सवै वडामा पुग्ने तयारी गरेकी छन् ।
वालिङ नगरपालिका पोषण मैत्री स्थानीय तह घोषणाको तयारी स्वरूप सुनौला हजार दिनका आमा पोषण प्रवर्दनका लागि नगरपालिकाले पोषिलो झोला कार्यक्रम लिएर सवै वडामा पुग्ने तयारी गरेको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले दिए ।
आमा र वच्चाको स्वास्थ्यमा सुधार, पोषणको अवस्था र पोषिलो खानेकुराका वारेमा सवै वडाहरूमा नगरपालिकावाट खटाईएका पोषण सहजकर्ता मार्फत परामर्श सेवा दिदै आईरहेको र उनीहरूको पोषण अवस्थाको सुधारका लागि पोषिलो झोला वितरणको तयारी गरेको उपप्रमुख कविता तिवारीले जानकारी दिईन ।
वालिङ नगरपालिका भित्र १ हजार दुई सय सुनौला हजार दिनका आमा रहेको नगरपालिकाले जनाएको छ । जसमा गर्भवती, सुत्केरी तथा दुई वर्ष सम्मका वच्चा तथा आमा लाभान्वित हुनेछन् ।