मनकारी मेयरको उदाहरणीय कार्य
हिमदुत सम्वाददाता
गल्याङ, २० जेठ ।
गर्मी समय त्यसमा पनि तपाईको घरमा खानेपानीको अभाव रह्यो भने के हुन्छ एक पटक सोचौं त, लामो समयदेखि यस्तै समस्या भोगिरहेका थिए गल्याङ नगरपालिका वडा न ११ जिमुवा टोलका स्थानीयहरु।
मनकारी नगर प्रमुख गुरुप्रसाद भट्टराईले उनिहरुको त्यो समस्या एक हप्तामै समाधान गरिदिएका छन । गल्याङ ११ जिमुवाका स्थानियहरु लामो समय देखि खानेपानीको समस्यावाट पिरोलिएका थिए । उनीहरु एक हप्ता अगाडि नगर प्रमुख भट्टराईलाई जानकारी गराएपछी तत्काल काम अगाडि बढाई सबैले पिउन पाउने गरि व्यवस्थापन गरिएको हो।
जिमुवा स्थित बस्तीमा खानेपानीको समस्या समाधान भए सङ्गै त्यहाँका करिव १५० घरधुरीका स्थानीयहरुलाई खानेपानी मात्र नभइ गार्इबस्तु र घरका अन्य कार्यका लागी समेत पानीमा सहजता भएकाले नगरपालिका र नगर प्रमुख गुरु प्रसाद भट्टराईलाई स्थानियहरुले धन्यवाद साथै खुसी साटेका छन्।
पानी उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख भट्टराईले भने म पात्र हुँ तपाई हाम्रो यस खाले समस्याको समाधानमा सदैव कटिबद्ध रहनेछु । खानेपानीको दीर्घकालीन समाधानका लागि काम गर्ने वताउदै एकाकार भएर नगरपालिकाको समृद्धिको यात्रामा सहयोग गर्न सवैलाई अनुरोध समेत गरेका थिए।
कार्यक्रममा वडा नं ११ का अध्यक्ष दल बहादुर सिङ्जालीले स्थानीय आवश्यकता र अभाव पुर्तिका लागि सफल प्रयास भएकोमा नगर प्रमुख र नगरपालिका प्रति आभार प्रकट गरेका थिए । उनले खानेपानीको समस्या समाधान भएसङ्गै स्थानियहरु खुशी भएको र तत्काल समस्याको समाधान गरिदिएकोमा धन्यवाद व्यक्त गरेका थिए ।
नगरपालिकाको झण्डै ८ लाख लागतमा खानेपानी समस्या समाधान गरिएको हो । पानीको सहजता भएपनि त्यहाँका एक सय पचास घर परिवार लाभान्वित भएका छन् ।