वालिङ, १७ माघ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाग्लुङ जिल्ला अदालतको गत २०७३ साल पौष महिनाको ३ गतेको फैसलाले सवारी लाईसेन्स कृते मुद्धामा ११ महिना २० दिन कैद र ५० हजार जरिवाना तोकेकोमा फरार प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको साविक तुल्सीभञ्याङ गाविस ७ हालको गल्याङ नगरपालिका ११ बस्ने ३० वर्षीय विमल खनाललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले गोप्य निगरानी गरी गोरखाको छेपेटारबाट पक्राउ गरेको थियो ।
शुक्रबार खनाललाई जिल्ला अदालत पेश गर्दा तोकिएको सजायँ भुक्तानका लागी अदालतले आदेश दिएकाले खनाल कारागार चलान भएका प्रहरी निरिक्षक गौतम बोहेराले जानकारी दिए ।