सुशील सुबेदी
स्याङजा , १६ माघ ।
बिरुवा गाउँपालिकाका स्थानीयले पूर्वाधार बिकाश र शैक्षिक सुधारको बिषयमा चासो देखाएका छन् । आर्थिक बर्ष २०७६ / ७७ को पहिलो चौमासिकको सार्बजनिक सुनुवाई कार्यक्रममा उनीहरुले सडक, पुल, सिंचाई आयोजना, पर्यटकिय क्षेत्रको विकास तथा प्रर्बद्धन र सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षालाई प्राथमिकताका आधारमा सुधार गर्नका लागि गाँउपालिकालाई आग्रह गरेका छन् ।
बिरुवा गाउँपालिका स्थित समाज कल्याण आमा समुहको सभा हलमा आयोजना गरिएको सार्बजनिक सुनुवाईमा उच्च शिक्षाको खोजिमा बाहिर जाने घरधुरीको संख्या निराकरण गर्न पालिकालाई सुझाब दिइएको थियो ।
कार्यक्रममा सहभागी सितल जंग केसीले उर्बरा भूमिको पहिचान गर्दै उत्पादन सँग कृषकलाई जोड्ने कार्यक्रम ल्याउन सुझाब दिएका छन् । उनले भने, ‘हामीसँग भएको कृषिको उर्बर भूमिमा घर बनाउने होईन । चक्लाबन्दी कार्यक्रम अन्तर्गत ठुलो संख्यामा माटो सुहाउँदो कृषी गर्ने र हजारौँ युवालाई रोगजारी दिने कार्यक्रम पालिकाले अगाडी ल्याओस् ।’
स्थानिय हिमाल जंग केसीले पूर्बाधार बिकाश सँगै राजमार्ग राङखोला देखि बिरुवा बजार सम्मको सडक स्तरोन्नती गर्नुपर्ने बताए । पालिकाले बिनियोजन गर्ने रकम बितरणमुखी भएको गुनासो निराकरण गर्दै भुगोल अनुशार प्रोत्सहानको कार्यक्रम अघि सार्नुपर्ने केसीले बताए ।
यसैगरि गाउँपालिका अध्यक्ष चुन प्रशाद शर्माले पालिकाबासीको ईच्छा र चहानालाई सम्बोधन गर्दै बिरुवा गाउँपालिका समृद्धी तर्फ अगाडी बढेको बताए । उनले भने , ‘हामिले बिरुवालाई नमुना कृषी पालिकाको रुपमा बिकाश गर्दैछौँ , पर्यटन , कृषी र शिक्षा हाम्रो प्रमुख आधार हो ।’ माटो सुहाउँदो उत्पादन सँग कृषीलाई जोड्दै प्रत्येक वडामा एक वडा एक नमुना उत्पादन कार्यक्रम अघी सारिएको शर्माले जानकारी दिए । जनताको समस्या पहिचान गर्दै तत्काले समाधान गर्न गरी जनतासँग अध्यक्ष कार्यक्रम शुरु गर्ने उनले बताए ।
प्रमुख प्रसासकीय अधिकृत कुलराज सुबेदीले स्थानिय तहको कानुनी र कागजी प्रकृया पुरा गर्दै योजना तथा कार्यक्रम सम्पन्न गर्न सेवाग्राहीलाई सुझाब दिएका थिए । उनले भने , ‘पालिकाले दुख दियो भन्ने गुनासो सेवाग्राहीले गर्नुहुन्छ तर कानुनी आबाश्यक कागजातको बेवास्था गर्दा प्रकृयामा ल्याउनु हाम्रो बाध्यता हो । ’
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देबी कुमारी थापा , नेकपाका गाउँपालिका अध्यक्ष नारायण थापा , नेपाली काँग्रेसका पाट्री प्रतिनिधी श्री राम कोईराला , वडा नं ६ का वडा अध्यक्ष कृष्ण ब क्षेत्री लगाएतले आफ्नो धारणा राखेका थिए । उक्त साबजनिक सुनुवाईको संयोजन गोल्डेन ब्रोडकास्टिङ मिडीयाले गरेको थियो ।