वालिङ २६ असोज
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ स्याङ्जाकोे आयोजनामा आगामी कार्तिक २ गते जिल्लामै पहिलो पटक नौमती बाजा महोत्सव आयोजना गरिएको छ ।
जिल्लामा रहेका विभिन्न नौमति बाजाका समुह महोत्सवमा सहभागी हुने संघका अध्यक्ष लिल बहादुर रनपालले जानकारी दिए । नौमति बाजाको संरक्षण र उत्थान गरी व्यवशायिक रुपमा विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको रनपालले वताए । नौमती नेपालको प्राचिन र परम्परागत मौलिक बाजा हो यसको संरक्षण र सम्वर्दन गर्न महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।
समय अनुसार नौमती बजाएर जिविकोपार्जन गर्न सक्ने अवस्था नरहेको भन्दै अध्यक्ष रनपालले नयाँ पुस्तामा सिप हस्तान्तरण गरी सीपलाई लोप हुनबाट बचाउन आफूहरु लागि परेको उनले वताए ।
स्याङ्जामा दमै समु्दायले नौमती बाजालाई व्यवस्थीत र संरक्षण गर्न समुह नै बनिसकेको अवस्थामा महोत्सवले संस्कृतिको सम्वर्दन र समुहहरुलाई व्यवसायीक वनाउन महोत्वसले टेवा पुर्याउने अध्यक्ष रनपालले जानकारी दिए ।
नौमती बाजा प्रतियोगितामा पहिलो हुने समुहलाई २५ हजार, दोस्रो हुने समुहलाई २० हजार र तेस्रो हुने समुहलाई १५ हजार रुपैयाँ पुरस्कार दिईने आयोजकको भनाई छ । आयोजकका अनुसार प्रतियोगितामा सहभागी प्रत्येक समुहलाई तयारी खर्चवापत दश÷दश हजार रुपैयाँ दिईने छ । महोत्सव सम्पन्न गर्न आयोजकले करिब चार लाख रुपैयाँको खर्च अनुमान गरेको छ ।