मिना कंडेल
नवलपुर ११ असोज ।
विश्व पर्यटन दिवशको अवसरमा शुक्रवार पूर्वी नवपरासीको कावासोती १ मा रहेको एतिहासिक एव प्रसिद्ध धार्मिक स्थल महाराजा मन्दिर परिसरमा युवाहरुले सरसफाई गरेका छन् ।
महेन्द्र राजमार्ग वाट करिव ६ किलोमिटर पछि आउने महाराजा मन्दिर पर्यटकिय क्षेत्र पनि रहेको छ । तर प्रचार प्रसारको कमि रहेको छ । परापुर्व देखि नै महाराजा मन्दिरमा पूजा अर्चना गर्नको लागि टाढा टाढा बाट भतmजनहरुको घुईचो लाग्ने गरेको भए पनि त्यसको प्रचार प्रसार हुन नसकेको स्थानीयहरुले बताएका छन ।
यसअघि धार्मिक, वजार क्षेत्र लगायत सार्वजनिक स्थानमा सरसफाई गरेका युवाहरुले शुक्रवार भने नवलपुरको महाराजा मन्दिरमा सरसफाई गरेका हुन । नेपाल भ्रमण बर्ष सफल पार्ने उदेश्यले यो अभियानलाई निरन्तरता दिदै धार्मिक क्षेत्रहरुमा पनि सरसफाई गरिएको नेपाल युवा परिषदका तिर्थराज काफ्लेले बताएका छन ।
समय समय मा सरसफाईका कार्यक्रम हुने गरेका थिए तर बिश्व पर्यटन दिवसको अवसरमा गरिएको सरसफाईले आन्तरिक तथा बाहृय पर्यटन भित्राउन त्यस ठाउँको प्रचार प्रसारमा समेत टेवा पुग्ने कावासोती वडा नं १ का कार्यवाहक अध्यक्ष माधव प्रसाद भण्डारीले बताए ।
समाज सफा र सुन्दर बनाउने अभियानमा आफुहरु लागेको र सोही अभियान अन्तर्गत सर सफाई कार्यक्रम गर्दै आयको अर्का युवा अभियान्ता सुमन लम्सालले बताए । मन्दिर परिषरमा सरसफाईलाई निरन्तरता दिनका लागि आवश्यक कुचो, डस्विन समेत शुक्र्रवार हस्तान्तरण गरिएको छ । यस अघि उनिहरुले देशका विभिन्न स्थानहरुमा सरसफाई अभियान संचालन गर्दै आईरहेका थिए ।