नवलपरासी १०, भदौ ।
गत साउन २९ गते ट्रकको ठक्करवाट भाँचिएको पूर्व(पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला पुल मर्मत पछि पुलबाटै गाडी गुड्न थालेका छन् । ट्रकको ठक्करवाट पुल लच्किएपछि यातायात सन्चालनमा रोक लगाईएको थियो ।
पुलवाट यातायात सन्चालन हुन नसकेपछि ड्राइभर्सनवाट यातायात सन्चालनमा थिए । गत शनिवार ड्राइभर्सनमा पनि नदीले क्षति पुर्याएपछि पुलवाटै एकतर्फी यातायात सन्चालन गरिएको थियो । पुल मरमतको काम सम्पन्न भएपछि गए रातिवाट पुलवाटै यातायात सन्चालन गरिएको अरुणखोला प्रहरी चौकीले जानकारी दिएको छ ।
पुलको मरमत सडक डिभिजन कार्यालय बुटवलको प्राविधिक टोलीले गरेका थिए । पुलवाट यातायात सन्चालन हुन नसकेपछि नदीमा वनाइएको ड्राइभर्सनवाट यातायात सन्चालनमा कठिनाइ भइरहेको थियो ।
जिल्लामा रहेका पुलहरु प्राय ‘स्टिल ट्रस’को प्रयोग गरेर निर्माण गरिएका छन् । पुल बनाएको समेत लामो समय भएकाले सामान्यरूपमा सवारीले ठक्कर दिँदासमेत धेरै क्षति हुने गरेको छ । सडक विभागले पुलको सुरक्षाका लागि पुलको आसपासमा स्टिलको ‘डब्लु बिम’ पुलको सुरक्षाका लागि निर्माण गरिएको स्टिलको बार समेत बनाएको छ । तर पनि विभिन्न समयमा यहाँका पुलमा सवारीको ठक्करबाट क्षति हुँदै आएको छ ।