तस्बिर : विष्णु रिमालको ट्विटर
तस्बिर : विष्णु रिमालको ट्विटर
काठमाडौं, ९ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिंगापुर स्वास्थ्य उपचार गरिरहेका बेला नेपालको मन्त्रिपरिषदको बैठकमा भिडियो कन्फ्रेरेन्स मार्फत सम्वोधन गरेका छन् । प्रधानमन्त्री ओलीले बिदेशमा रहेर नेपालको मन्त्रिपरिषद बैठक बसेको संभावत यो पहिलो पटक हो ।
यसअघि प्रधानमन्त्री नभएको बेला मन्त्रिपरिषदको बैठक विरलै बस्ने गरेको थियो । प्रधानमन्त्री ओलीले आफू उपचारकै क्रममा रहेपनि भिडियो कन्फ्ररेन्समार्फत बैठक बस्ने भनेका थिए । प्रधानमन्त्री ओली सिंगापुर जानुअघि बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि संशोधन गरी भिडियो कन्फ्ररेन्समार्फत बैठक बस्ने प्राब्धान संशोधन गरेको थियो ।
प्रधानमन्त्री ओली आज थप स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको हो ।
मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन, भिडियो कन्फ्रेन्समाफर्त बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरिएको हो । मन्त्रिपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गर्दै प्रधानमन्त्री जहाँ भए पनि भिडियो कन्फ्रेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री अथवा मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने व्यवस्था थियो ।
प्रधानमन्त्री विदेश भएका बेला तत्काल कुनै निर्णय लिनुपरेमा कार्यवाहक प्रधानमन्त्रीले नै मन्त्रिपरिषद्को बैठक राख्ने गरिन्थ्यो । बैठक सञ्चालन कार्यसञ्चालन विधि संशोधनपछि प्रधानमन्त्रीले देश बाहिरबाट पनि मन्त्रिपरिषद् बैठक गरेर आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरिएको छ ।