
स्याङ्जा १८ माघ । चापाकोट नगरपालिका वडा नं. १ का नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
एमालेबाट निर्वाचित वडा सदस्य सन्तोष थापा सहित वडा सदस्यका उम्मेदवार बाबुराम तिवारी, २०४८ सालदेखि एमालेमा आबद्ध रहेका एकदेव तिवारी तथा युवाहरू कृष्ण बहादुर आले, सन्तोष राना र हरिबहादुर बराल लगायत काँग्रेसमा प्रवेश गरेका हुन्।
उनीहरूलाई नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भागवत प्रसाद मल्लले स्वागत गरेका हुन् ।

काँग्रेस प्रवेश कार्यक्रममा बोल्दै उम्मेदवार मल्लले देशको विकास र समृद्धिका लागि नेपाली काँग्रेस नयाँ सोच र योजनासहित अघि बढेको बताए। उनले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्दै पार्टीलाई थप सुदृढ बनाइएको उल्लेख गर्दै विकास निर्माणमा काँग्रेस प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा नवप्रवेशीहरूले देश विकास र जनताको हितका लागि काँग्रेसको नेतृत्व आवश्यक भएको भन्दै पार्टी प्रवेश गरेको बताएका थिए।