स्याङ्जा / असार १५, धान दिवसको अवसरमा स्याङ्जा सदरमुकामस्थित ज्योति अंग्रेजी माध्यमिक विद्यालयले विद्यालयका बालबालिकालाई धान रोप्ने अभ्यास गराएर विशेष कार्यक्रमको आयोजना गरेको छ।
विद्यालय परिसर नजिकैको खेतमा लगिएको उक्त अभ्यास कार्यक्रममा साना कक्षाका विद्यार्थीहरू सहभागी भएका थिए। विद्यार्थीहरूले आफ्नै हातले धानका बिउ रोप्दै खेतीपातीको महत्त्व, नेपाली संस्कृतिमा कृषिको भूमिका, र खेतिपातीप्रतिको सम्मानबारे अनुभव हासिल गरेका थिए।
विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र होइन, जीवन उपयोगी सीप र संस्कार पनि सिकाउनु आवश्यक भएकाले साना नानीवावुहरूलाई यस्तो प्रयोगात्मक सिकाइ गरिएको विद्यालयले जनाएको छ ।