वालिङ, २५ वैशाख।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा स्याङ्जा आउने भएका छन्। आगामी जेठ ३ गते स्याङ्जा सिटी हलमा हुने क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न उहाँ स्याङ्जा आउन लागेका हुन्।
नेपाली कांग्रेस क्षेत्र नं. १ को आयोजनामा हुने सम्मेलनको तयारी तीव्र पारिएको छ। क्षेत्रीय सभापति तुलसीराम रेग्मीका अनुसार सम्मेलनमा महामन्त्री थापासहित नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति तथा संघीय सांसद राजु थापा, क्षेत्र नं. १ अन्तर्गतका पालिका सभापतिहरू र अन्य नेताहरूको पनि उपस्थिति रहनेछ।
“महामन्त्री थापाको आगमनले स्याङ्जाको राजनीतिक वातावरण थप उत्साहित हुने विश्वास लिएको छौँ,” सभापति रेग्मीले बताए।
थापा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता हुन, उनको उपस्थितिले सम्मेलनमा थप ऊर्जा आउने अपेक्षा गरिएको छ।
आरती कुँवर