वालिङ १० चैत्र । वालिङ बैंकर्स क्लवको आयोजनामा ‘ग्लोबल मनी वीक २०२५’को अवसरमा आईतवार वालिङमा प्रभातफेरीकाे आयाेजना गरेकाेे छ ।
नेपाल राष्ट्र वैकले देशव्यापीरूपमा वित्तीय साक्षरताकाे महत्व दर्शाउँदै गत चैत्र ४ गतेवाट ग्लोवल मनी विक २०२५ अभियान अन्तर्गत आज अन्तिम दिन वालिङमा रहेका वैंक तथा वित्तीय संस्थाले प्रभातफेरीको आयोजना गरिएको वैंकर्स क्लवका अध्यक्ष प्रेम नारायण अर्यालले जानकारी दिए ।
प्रभातफेरीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा कर्मचारी, स्थानीय संघसंस्था तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले बचत, लगानी र वित्तीय योजना सम्बन्धी सचेतना अभिवृद्धि गर्दै समुदायलाई आर्थिक रूपमा जिम्मेवार बन्न प्रेरित गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताएकी छन ।
आयोजक संस्थाले आगामी दिनहरूमा पनि वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।