माघ २३ गते । स्याङ्जामा खाना पकाउने क्रममा लगाएको कपडामा आगो सल्किँदा जलेर एक वृद्ध महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार खाना पकाउने क्रममा कपडामा आगो सल्किँदा गल्याङ नगरपालिका –१ तुलसीभञ्ज्याङ् बस्ने ७१ वर्षीया चित्रकला अर्यालको जलेर मृत्यु भएको हो ।
अर्यालको शरीरको ५० प्रतिशत भाग जलेको र उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको थियो ।
अर्याललाई थप उपचारका लागि मिसन अस्पताल पाल्पामा रिफर गरिएको र उपचारको क्रममा चिकित्सकले मृत घोषणा गएका थिए ।