१९ माघ, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) खड्ग केसीले नेपालको शिक्षा क्षेत्रको जिपीए प्रणालीमा खोज अनुसन्धान हुनुपर्ने बताएका छन् ।
शनिबार काठमाण्डौमा आयोजित ‘टीयू टेसोल’ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै त्रिभुवन विश्वविद्यालय तथा आंगिक क्याम्पसहरुमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दिनहुँ घट्नुमा विद्यमान जिपीए प्रणालीको भूमिका प्रत्यक्ष वा परोक्ष रुपमा रहेको बताउँदै यस विषयमा खोज अनुसन्धान हुनुपर्ने रेक्टर केसीले बताए ।
उनले भने, ‘विद्यार्थीहरु भाषा, साहित्य एवम् शिक्षा अध्ययन गर्न हतोत्साही भएका छन् । जसको प्रमुख कारण जिपीए प्रणाली हो ।’ शिक्षामा गुणस्तर एवम् विद्यार्थी सङ्ख्या बढाउन त्रिपक्षीय अर्थात सरकार, शैक्षिक संघ–संस्था एवम् विद्यार्थीको मनोवैज्ञानिक अध्ययन गरेर जिपीए प्रणालीलाई वैज्ञानिकीकरण गर्नुपर्ने उनले बताए । अङ्ग्रेजी शिक्षाको बारेमा बहस कार्यक्रमहरु भइरहे पनि अङ्ग्रेजी विषय र अङग्रेजी शिक्षामा विद्यार्थीहरुको सङ्ख्या घट्नुमा समेत अनुसन्धान हुनुपर्नेमा जोडदिए ।
जिपीए प्रणाली अमेरिकी शिक्षा नीति सुहाउँदो र नेपाली परिप्रेक्षमा अवैज्ञानिक रहेकाले त्यस अन्तरलाई पुरा गर्न ‘नेल्टा’ लगायतका संस्थाहरुको भूमिका महत्वपूर्ण हुनेमा उनले जोड दिए । यद्यपि अमेरिकी सरकार तथा त्यहाँका नागरिकले नेपालको शैक्षिक गुणस्तर उकास्न गरेको सहयोग एवम् सदभावप्रति धन्यवाद व्यक्त गरे ।
दुईदिन सम्म चल्ने सम्मलेनमा अमेरिका, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, कतार लगायतका देशहरुबाट दुईसय जना सहभागि छन् । काठमाण्डौं स्थित अेमिरिकी दूतवास, रेलोको आर्थिक साहयोगमा र महेन्द्ररत्न क्याम्पस अङ्ग्रेजी शिक्षा विभागको आयोजनामा
काठमाण्डौ इन्जिनियरिङ् कलेजमा आयोजना भइरहेको छ ।