तस्वीर: संयोग भट्टराईको फेसवुकवाट
स्याङ्जा १९ माघ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सेवाग्राहीलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । जिल्लाको चापाकोट नगरपालिका वाड नं २ का पूर्ण अशक्त अशोकलाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालय स्याङ्जाको टोलीले नागरिकता प्रदान गरेको हो ।
अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म जान नसक्ने जानकारी पाएपछि प्रजिअ सुनिता नेपालले प्रशासनवाट शाखा अधिकृत संयोग भट्टराई सहितको टोलीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रशासन कार्यालयसम्म आइपुग्दा झेल्नुपर्ने विभिन्न कठिनाई र अशक्तको समस्यालाई मध्येनजर गरेर अशक्तको घरमै सेवा प्रदान गरिएको प्रशासकीय अधिकृत संयोग भट्टराईले जानकारी दिए । अशोकको शारिरिक अशक्तको सूचना वडा अध्यक्ष टिकाराम श्रेष्ठले जानकारी गराएपछि घरमै पुगेर सेवा दिईएको उनले जानकारी दिए ।