स्याङ्जा -१७ माघ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि स्याङ्जामा ९ हजार ५ सय किशोरीलाई खोप लगाउने तयारी गरिएको छ । नेपाल सरकारको खोप अभियान अन्तरगत यही माघ २२ गतेवाट स्याङ्जामा खोप अभियान सुरू गरिने प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
खोप अभियान २७ गतेसम्म सन्चालन हुने छ । विद्यालयमा अध्ययन गर्ने ६ देखि १० कक्षासम्मका र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर खोप अभियान संचालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिए । अभियान संचालनका लागि स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सरोकारवालाई अभिमुखीकरण कार्यक्रम संचालन भइरहेको पनि आज आयोजना गरिएको खोप समन्वय समिति र संचारकर्मी विच अभिमुखिकरण कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा क्यान्सर जस्तो जटिल रोग नियन्त्रणमा सरकारको यो अभियानमा सवै पक्षवाट सहयोग गर्न जिल्ला समन्वय स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटिले आग्रह गरेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले लक्षित समुहका किशोरी नछुटाउन र समुदायस्तरवाट पनि सहयोग गर्न जिल्लावासीलाई आग्रह गरेकी छन् । यसै विच नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले सरकारले विभिन्न प्रविधिवाट चेक जाँच गर्न थालेपछि क्यान्सर जस्ता रोग पहिचान संख्यात्मक हिसावमा वढ्दो भएपनि समयमै पत्ता लगाउदा मृत्यू हुने जोखिम कम भएको वताउदै रोग पहिचान र नियन्त्रणमा सरकारको पहल सकारात्मक रहेको वताएका थिए ।
कार्यक्रम खोप संयोजक मनिश महतो को संयोजनमा खोप समन्वय स्याङ्जाका अध्यक्ष श्रीप्रसाद जिटिको अध्यक्षतामा सम्पन्न भएको थियो ।