प्रदिप कोइराला
स्याङ्जा–१५ साउन ।
स्याङ्जाको वालिङमा सन्चालित संस्थागत विद्यालय नेपाल आदर्श माध्यमिक विद्यालय गण्डकी प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाको रूपमा ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ प्रदान गरिएको छ ।
चन्द्रलोक प्रतिष्ठान काठमाण्डौले मंगलवार एक समारोहका बीच ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसीले संयुक्तरुपमा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङका प्रिन्सिपल होमकान्त गौतमलाई सो उपाधी हस्तान्तरण गरेका छन् ।
विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको, प्रविधिमैत्री प्रतिस्पर्धा र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा संस्थाले अतुलनीय योगदान पु¥याएवापत नेपाल आदर्श माध्यमिक विद्यालयलाई गण्डकी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित गरिएको आयोजक चन्द्रलोक प्रतिष्ठान काठमाण्डौले जनाएको छ ।
गण्डकी प्रदेशस्तरमा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित तथा सम्मानित विद्यालय निजि क्षेत्रवाट सन्चालन गरिएको शैक्षिक संस्था हो । २०५४ सालमा स्थापना गरिएको उक्त शैक्षिक संस्थाले उच्च माध्यमिक तहमा विज्ञान, शिक्षा शास्त्र, होटल मेनेजमेन्ट, व्यवस्थापन संकाय सन्चालन गर्दै दक्ष जनशक्ति उत्पादन गर्दे आइरहेको छ ।
सम्मानपत्र ग्रहण पश्चात प्रिन्सिपल होमकान्त गौतमले भने, “यो सम्मानले विद्यालयलाई अझै थप जिम्मेवारी र गुणस्तरीय शिक्षाको बोझ थपिएको छ ।” शिक्षामा देखिएको चुनौतीलाई सामाना गर्दै गुणस्तरमा अझै निखार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
झण्डै २१ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा झण्डै १ सय ५० जनाले रोजगारी समेत पाएका छन् ।