वालिङ १२ असार । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड वालिङ शाखा अन्तर्गत रहनेगरी मंगलबारदेखि वालिङ नगरपालिका ९ भुम्रेमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ ।
वैकका गण्डकी प्रदेश प्रमुख छविन्द्रनाथ शर्माले काउन्टरको एक समारोहका विच उद्घाटन गरेका छन् । वैंक मर्जर पश्चात् शाखा रहेको ठाँउका सेवाग्राहीलाई वैंकिङ सुविधा सजह होस भन्ने उद्देश्यले एक्टेन्सन काउन्टर सन्चालनमा ल्याईएको शर्माले वताएका छन् ।
एक्टेन्सन काउन्टरबाट ग्राहकको खाता सञ्चालन, चेक सटही, रकम डिपोजिट, मोबाइल तथा डिजिटल बैकिंग लगायतका विभिन्न बैकिंग सेवाहरु उपलब्ध हुनेछन् ।
नेपालभर २ सय ७२ शाखाहरु, २ सय ६६ ए.टि.एम. साथै ६५ एक्सटेन्सन काउन्टर र ८८ वटा व्रान्चलेस वैङ्किङ ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।