एसियाली विकास बैंकको ऋण सहयोग अन्तर्गत सम्पन्न भएका साना सहरी खानेपानी तथा सरसफाई आयोजना संचालन भएका स्थानिय तहहरुमा जापान सरकारको अनुुदान सहयोगमा खानेपानी तथा ढल व्यवस्था विभागवाट वालिङमा घुम्ती शौचालय ल्याइएको हो । धुम्ति शौचालय पाँच जनाले एकैपटक प्रयोग गर्न मिल्ने छ । अपाङ्ग मैत्री शौचालयमा २ महिला २ पुरुष र १ अपाङ्गले प्रयोग गर्न सक्नेछन् ।
शौचालयमा टायर जडान गरिएको छ, जसका कारण सहजरुपमा एक ठाँउवाट अन्यत्र समेत लैजान सकिने गरी निर्माण गरिएको छ । शौचालयसंगै १ थान ट्याक्टर समेत विभागले प्रदान गरेको छ । घुम्ति शौचालय वालिङ नगरपालिका मार्फत सन्चालन र व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।
घुम्ति शौचालयका लागि शाना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मार्फत माग गरिएको संस्थाका प्रमुख देववहादुर वोगटीले जानकारी दिए । घुम्ति शौचालय भिडभाड हुने स्थान, विभिन्न सभा सम्मेलन, जस्ता कार्यहरुमा निकै महत्वपूर्ण हुने वोगटीले जानकारी दिए ।
शौचालयलाई वालिङ मोड बस स्टप पुरानो गाविस भवन रहेको स्थानमा राख्न स्थानीयले नगरपालिका संग माग गरेका छन् । विशेष गरेर विहान र दिउसोको समयमा सार्वजानिक बसमा यात्रा गर्ने यात्रुहरुलाई शौचालयको अभावका कारण निकै समस्यामा परेका कारण मोडमा राख्न आवश्यक रहेको स्थानीयहरुको माग रहेको छ ।