स्याङ्जा-३१ वैशाख । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यन्वयन इकाई अन्तर्गत सुन्तला सुपर जोन स्याङ्जाको गत शनिवार सम्पन्न अधिवेशनवाट निर्वाचित पदाधिकारी सहित सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
अधिवेशनवाट अध्यक्षमा वोधराज अर्याल र सदस्यहरूमा तिरमाया गुरूङ, शालिग्राम अर्याल, लक्ष्मी प्रसाद बराल, हिमकला शर्मा, सुरेन्द्रप्रसाद रेग्मी, दिलबहादुर राना, हुमनाथ लामिछाने र खिमा शर्मा
निर्बाचित भएका थिए ।
निर्वाचित कार्यसमितिलाई वधाई तथा शुभकामना दिदै सोमवार उद्योग वाणिज्य संघको सभाहलमा पदस्थापन समारोह सम्पन्न भएको हो । सुन्तला उत्पादनको हिसावले प्रख्यात स्याङ्जा जिल्लामा यस कार्यसमितिको अवधि दुई वर्षको रहने छ ।
कार्यक्रममा पुतलीवजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले स्याङ्जा सुन्तला उत्पादनको हिसावले अव्वल रहेको स्याङ्जामा जिल्लाकै मुख्य आम्दानी रहेको सुन्तला उत्पादन वढाउन यो कार्यसमितिले थप योजना गराउने विश्वास लिएको वताए ।
भण्डारणको अभावमा कृषकहरूले थप आम्दानी लिन नसकेको वताउदै हाल सन्चालनमा रहेको भण्डारणको समस्या पहिचान गरेर भण्डारणको व्यवस्था मिलाउन समितिको चासो वढाउन माग गरेका छन् ।
स्याङ्जामा प्रशस्त वाँझो जमिन रहेको हुँदा सुन्तला उत्पादन हुनसक्ने जमिनको पहिचान गरेर सुन्तला क्षेत्र विस्तार गर्न समेत सुझाव दिएका छन् ।
सपथ ग्रहण समारोहमा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले हाल स्याङ्जामा वन डडेलोका कारण विपत्तीमा परेका कृषकलाई राहत पुग्ने कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
कार्यक्रम सुन्तला जोनका निवर्तमान अध्यक्ष तारा अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा सुपरजोनका विषयमा निमित्त प्रमुख इन्द्र सुवेदीले जानकारी दिएका थिए ।